आईएमई जनरल इन्स्योरेन्स र चिरायु अस्पतालबीच ‘नगदरहीत’ सेवा सम्बन्धी सम्झौता

काठमाडौं, असार ९ ।  आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र चिरायु नेसनल अस्पताल तथा मेडिकल इन्सिच्युट प्रालिबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र चिरायु अस्पतालका अपरेशन डाइरेक्टर चन्डेश्वर नन्द राज वैद्यले हस्ताक्षर गरे।

सम्झौता पश्चात आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुको बीमालेखको सीमासम्म अस्पतालबाट नगदरहीत हस्पिटलाइजेसन सुविधा प्राप्त गर्न सक्नेछन्।

सोह अवसरमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मीले चिरायु अस्पतालले आफ्ना ग्राहकहरुलाई आईएमई जनरल इन्स्योरेन्स लिमिटेडसँग आईजीआई औषधोपचार बीमालेख खरिद गरी अस्पतालसँग बीमालेखको सिमासम्म नगद रहित हस्पिटलाइजेसन सेवा लिन उत्प्रेरित गर्ने अपेक्षा राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्