खप्तड लघुवित्तको १ लाख ३२ हजार कित्ताको आईपीओ आउँदै, मेगा क्यापिटलसँग सम्झौता
काठमाडौं, असार ९ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्काशन गर्ने भएको छ।
यसका लागि संस्थाले मेगा क्यापिटल मार्केट्स लिमिटेडसँग सेयर रजिष्ट्रार सेवा उपलब्ध गराउने सम्झौता गरेको छ।
उक्त निष्काशन बाँडफाँटपश्चात् कम्पनीको सेयरधनीको अभिलेख राख्न, सेयरको धितोबन्धक÷रोक्का राख्न, कम्पनीले घोषणा तथा स्वीकृत बोनस सेयरहरुको वितरण गर्न तथा नगद लाभांशको भुक्तानीको व्यवस्था गर्न, सेयर नामसारी तथा दाखिला खारेजजस्ता सेवा मेगाले उपलब्ध गराउने सम्झौता भएको हो।
उक्त सेयर रजिष्ट्रारको सेवा प्रदान गर्नका लागि मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरिएको लघुवित्तले जनाएको छ ।
बुधबार मेगा क्यापिटल मार्केट्स लिमिटेड, त्रिपुरेश्वरमा एक कार्यक्रमका बीच यस्तो सम्झौता भएको हो। सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बमले तथा मेगा क्यपिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सवीर बादे श्रेष्ठले हस्ताक्षर गरेका थिए।
सो कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक रणदेव कृष्ण श्रेष्ठ र मेगा क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख लगानी अधिकृत सुलभ श्रेष्ठको पनि उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्