ग्लोबल आईएमई बैंकका ग्राहकहरूलाई व्यक्तिगत रोजाइको डिजाइनमा डेबिट कार्ड सुविधा

काठमाडौं , असार ९ ।   ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नै छनोटको डिजाइनमा व्यक्तिगत फोटोसहितको डेबिट कार्ड उपलब्ध गराउने भएको छ । बैंकले ‘मेरो आफ्नै डेबिट कार्ड’ योजनाअन्तर्गत यो सुविधा ल्याएको हो ।

उक्त योजनाअन्तर्गतको डेबिट कार्ड प्राप्त गर्न ग्राहकले ग्लोबल आइएमई बैंकको वेबसाइटमार्फत अनलाइनबाट आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।

कार्ड प्रिन्ट गर्नुअघि ग्राहकले आफ्नो डिजाइनअनुसारको कार्डलाई भर्चुअलरूपमा हेर्न र आफूलाई मनपर्ने डिजाइन छनोट गर्न सक्ने र ग्राहकहरूसँग वेबसाइटमा पूर्व–डिजाइन गरिएका कार्डको विविधता छनोट गर्ने विभिन्न विकल्पहरूसमेत उपलब्ध हुने बैँकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्