ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते

काठमाडौं । पोखरा–लेखनाथ महानगरपालिका–६ लेकसाइडमा आज दिउँसो एक घरमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजना गम्भीर घाइते भएका छन् ।

विस्फोटमा परि घरधनी प्रतिज्ञा पाण्डे र चालक विकास नेपाली गम्भीर घाइते भएका हुन् । दुबै जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

पाण्डेको घरमा रहेको खाना पकाउने एलपी ग्यास नबलेपछि के भएर ग्यास बलेन भनेर सोधेपुछ गर्दा नजिकै रहेका चालक विकास नेपालीले लाइटरबाट ग्यास सल्काउन खोज्दा एकैचोटि विस्फोट भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्