पेट्रोलियम पदार्थको मुल्यबृद्धिले जनताको ढाड सेक्यो, विकल्प के छ ?
काठमाडौं, असार ७ । नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले पेट्रोलियम पदार्थको मुल्यबृद्धि पछि जनजीवन प्रभावित भएको भन्दै विकल्प खोज्न आग्रह गरेकी छन् ।
प्रतिनिधि सभाको बैठकमा उद्योग तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूलाई प्रश्न सोध्दै महंगीले आम जनताको जीवनस्तर कठिन भएको बताउदै विकल्प के छ भन्ने जानकारी मागेकी हुन् ।
सांसद संग्रौलाले भनिन्- ‘ महंगीले जनताको ढाड सकेको छ, पेट्रोलियम पदार्थको मुल्यबृद्धिले जनता पिडामा छन् । मुल्यबृद्धि घटाउन वैकल्पिक उपाय के के छन् ? पेट्रोलियम पदार्थको मुल्य घट्दा थोरै घट्ने र बृद्धि हुदा ह्वात्तै बढ्ने किन हुन्छ ?’
प्रतिक्रिया दिनुहोस्