विमान दुर्घटनाः २३ बंग्लादेशी यात्रुको शव आज ढाका पठाइंदै

काठमाडौं।  युएस बांग्ला विमान दुर्घटनामा मृत्यु भएकामध्ये २३ जना बंग्लादेशी यात्रुको शव विशेष उडानबाट आज ढाका पठाइंदै छ । फरेन्सिक विज्ञहरूले शवहरूको पहिचान गरी काठमाडौंस्थित बंंग्लादेशी दूतावासलाई बुझाएपछि आज शव ढाका पठाउन लागिएको हो ।

पहिचान गरिएका २३ जना बांग्लादेशी नागरिकको शव एउटा विशेष उडानबाट आज अपरान्ह ढाका पठाउँन लागिएको दूतावासले जनाएको छ । दूतावासका अनुसार ढाकाबाट शवहरू मृतकका आफन्तलाई बुझाइनेछ । पहिचान गरिएका मृतकहरूमा ११ पुरूष, १० महिला र दुईजना बालबालिका छन् ।

तीनजना बंग्लादेशी यात्रुको शव पहिचान हुन भने बाँकी छ ।

दुर्घटनामा घाइते भएका १० जना बंग्लादेशी यात्रुमध्ये थप उपचारका लागि ८ जनालाई ढाका र दुईजनालाई सिङ्गापुर पठाइएको छ ।

चालक दलका सदस्यसहित ७१ जना सवार युए बंगलाको विमान गएको सोमबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलामा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्