सामाजिक सुरक्षा कोषबाट एक अर्ब ४३ करोड दाबी भुक्तानी
काठमाडौं, असार ४ । सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ ।
कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा एक अर्ब ४३ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेको हो ।
कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई १९ करोड ४५ लाख छ हजार ९७९ र ४९६ योगदानकर्तालाई दुर्घटना तथा अशक्तता सुरक्षा योजनाबापत एक करोड ९१ लाख ३१ हजार १०६ दाबी भुक्तानी दिएको हो ।
प्रतिक्रिया दिनुहोस्