माछापुच्छ्रे बैंकको साढे ६ वर्षमा डब्बल धमाका योजना
काठमाडौं , असार ३ । माछापुच्छ्रे बैंक लिमिटेडले ग्राहकभावहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे स्मार्ट मुद्दति खाता सञ्चालनमा ल्याएको छ ।
उक्त खाताअन्तर्गत ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुईगुना रकम (डबल रकम) प्राप्त गर्न सक्नुहुनेछ ।
माछापुच्छ्रे स्मार्ट मुद्दति खाता न्यूनतम रु ५०,००० मा नै खोल्न सकिनेछ । साथै बैंकले यस खातामा साँवा रकमको ९० प्रतिशतसम्म ऋण ग्राहकलाई प्रदान गर्ने छ । इच्छुक ग्राहक महानुभावले बैंकका देशभर रहेका १६५ शाखाहरुबाट यो खोल्न सक्नुहुनेछ ।
माछापुच्छ्रे बैंकले हाल देशका सातवटै प्रदेशमा १६५ शाखा, आठ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ सेवा, २०५ एटिएममार्फत १३ लाखभन्दा बढी ग्राहक महानुभावहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्