बिन्ध्यबासिनी हाइड्रोपावरको आइपीओ बाँडफाँड आज

काठमाडौं , असार ३ । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ आज बाँडफाँड हुने भएको छ । दिउँसो ३ बजे बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बाँडफाँट गरिने छ ।

कम्पनीले जेठ २० गतेदेखि जेष्ठ २५ गतेसम्म १ अर्ब ५० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका १५ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ७५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १३ लाख ६५ हजार कित्ता शेयर सर्वसाधारणको लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १८ लाख ४५ हजार ६७ जना आवेदकले २ करोड १९ लाख ३५ हजार १० कित्ता शेयरका लागि २ अर्ब १९ करोड ३५ लाख १ हजार रुपैयाँ बराबरको आवेदन दिएको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जानकारी दिएको छ । बिक्री गरिएको शेयरभन्दा १६।०७ गुणा भन्दा बढी आवेदन परेको हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोला प्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिने छ । १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ३६ हजार ५ सय जनाले मात्रै कम्पनीको आईपीओ पाउने छन् । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्