कुमारी बैंक र ड्रिम इन्टरनेसनल होटेलबीच सम्झौता

काठमाडौं , असार २ । कुमारी बैंक र बुटवलको ड्रिम होटेलबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई ड्रिम इन्टरनेसनल होटेलबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य र ड्रिमल्यान्ड इन्टरनेसनल होटेलका तर्फबाट महाप्रबन्धक राजेन्द्र पौडेलले हस्ताक्षर गरे । ग्राहकको आकर्षणलाई मध्यनजर गर्दै डिजिटल कारोबारमा थप प्रोत्साहन गर्न बैंकले सम्झौतामार्फत ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलका विभिन्न सेवाहरूमा छुट पाउन सकिने व्यवस्था गरेको जनाएको छ ।

बैंकका डेबिटरक्रेडिट कार्डवाहकहरूले उक्त होटेल बसाइमा रुम शुल्कमा १५ प्रतिशत, खानपान र बेभरेजमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्