सानिमा बैंकको प्रायोरिटी काउन्टर नयाँ बानेश्वरमा !
काठमाडठौं, आसर १ । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी असार १ गतेदेखि नयाँ बानेश्वर शाखाबाट प्रायोरिटी काउन्टर सञ्चालनमा ल्याएको छ।
आफ्ना प्रायोरिटी ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राख्दै अझै गुणस्तरीय सेवा एकै स्थानबाट प्रदान गर्नको लागि बैंकले प्रायोरिटी काउन्टर थप गरेको जनाएको ।
यस प्रायोरिटी लाउन्जबाट ग्राहकहरुलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको छ । नयाँ बानेश्वर शाखास्थित प्रायोरिटी काउन्टरको समुद्घाटन बैंकका प्रायोरिटी ग्राहक, डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाई संयुक्त रुपमा गरे ।
सो समारोहमा डिल्लीराम अधिकारीलगायत अन्य ग्राहकहरुले नयाँ बानेश्वरमा प्रायोरिटी काउन्टर विस्तार गरिएकोमा बधाई तथा धन्यबाद ज्ञापन गरे । साथै बैंकका प्रमुख निक्षेप अधिकृत, सरोज गुरागाईले बैंकले आगामी दिनमा थप गुणस्तरीय सेवा प्रदान गर्नका लागि प्रायोरिटी काउन्टर सेवा विस्तार गर्दै लैजाने बताए ।
प्रतिक्रिया दिनुहोस्