मुक्तिनाथ विकास बैंक र पर्वातारोहीलाक्पा देण्डी शेर्पा बीच सम्झौता

काठमाडौं, असार १ । मुक्तिनाथ विकास बैंक लि. र पर्वातारोही लाक्पा देण्डी शेर्पा बीच बैंकको सेवा सुविधाको प्रचार एवमं बैंकको सकारात्मक छवि प्रस्तुत गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

एक कार्यक्रम बीच बैंकको तर्फबाट प्रमुख– बजारीकरण प्रबद्रधन तथा संस्थागतमा मिला विभाग बसन्तबक्शी तथा लाक्पा देण्डी शेपाले सम्झौतापत्र हस्ताक्षर गरेका हुन् । लाक्पा देण्डी शेर्पा एक सफल पर्वातारोही हुन् जस्ले तीन पटक सगरमाथा आरोहण गर्ने सबै भन्दा छिटो समय १० दिन १८ घण्टा ३० मिनेट तय गरेका हुन् जस कारण उनी गिनिज रेकोेर्ड होल्डर पनि हुन् ।

यस सम्झौतापश्चात लाक्पा देण्डी शेर्पाज्यूले बैंककोसेवा सुविधाको प्रचार र बैंकको सकारात्मक छवि प्रस्तुत हुने गरी ब्राण्ड इन्फ्लुएनसर को रुपमा कार्यहरु निर्वाह गर्नेछन् । उनका आगामी अभियानमा समेत बैंकलाई साथ राख्दै हातेमालो गर्दै अघि बढ्नेछन् ।

प्रतिक्रिया दिनुहोस्