वेबसाइट मार्फत वित्तीय सेवा प्रदान गर्दै सिटिजन्स बैंक
काठमाडौं, असार १ । डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु अझ सहज ढङ्गबाट परिपुर्ति गर्ने अभिप्रायका साथ वेबसाइट मार्पmत बिभिन्न आवश्यक सेवाहरुको लागि निवेदन दिन मिल्ने ब्यवस्था गरेको छ ।
प्रारम्भिक रुपमा ग्राहकहरुले बैंकमा नगई आफ्नो डिम्याट, मेरो शेयर, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग तथा क्यु आर कोड लगायतका सेवाहरुको लागि अनलाइन मार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ ।
वेबसाइट मार्फत ग्राहकहरुले मोबाइलतथा इन्टरनेट बैंकिङ्गको निःशुल्क रेजिष्ट्रेशन/बन्दगर्न÷पासवर्ड रिसेट, मेरो शेयरको रजिष्टे«शन/नविकरण/पासवर्ड रिसेट, सि. आर. एननम्बर दर्ता तथाजानकारी, क्यु आर कोडको दर्ता/ पासवर्ड रिसेट जस्ता सेवा घरैबाट प्राप्तगर्न सक्नेछन । यी सबै सेवाहरु बंैकको वेबसाइट मार्पmत अथावा SmartServicesjfhttps://servicerequests.ctznbank.com/मागएर प्राप्तगर्न सकिने जानकारी बैंकले दिएको छ । यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वित हुने र डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ ।निकट भविष्यमा अन्य थुप्रै सेवाहरुलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बंैकले गराएको छ ।
आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु सुरक्षिततवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क ई.के.वाई.सी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७५ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्