त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक महिला पक्राउ
काठमाडौं, असार १ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गोलीसहित एक जना महिला पक्राउ परेकी छन्।
आन्तरिक उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउन्ड गोलीसहित सर्लाही हरिपुर नगरपालिका(७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।
बुद्ध एयरको उडानमा काठमाडौंबाट जनकपुर जान लागेकी सिंहले बोकेको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा जाँच गर्ने क्रममा गोली फेला पारेको प्रहरीले जनाएको छ।
उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्