एसियन कप छनोटः अन्तिम खेलमा इन्डोनेसियासँग खेल्दै नेपाल
काठमाडौ., जेठ ३१ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार इन्डोनेसियासँग खेल्दै छ।
खेल, कुवेतस्थित जावेर अल अहमद अन्तराष्ट्रिय मैदानमा मध्यराति १ बजे सुरु हुनेछ।
नेपाल र इन्डोनेसिया दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। यसअघि सन् २०१४ मा भएको मैत्रीपूर्ण खेलमा नेपाल २–० ले पराजित भएको थियो। समूह चरणको दुई खेलमा लगातार हार भोगेपछि नेपालको एशियन कप खेल्ने सपना अधुरै छ।
छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको थियो। दोस्रो खेलमा भने घरेलु टोली कुवेतलाई ४–१ को नतिजा सुम्पेको थियो।
इन्डोनेसियाले कुवेतलाई २–१ ले हराएको थियो। अर्को खेलमा भने जोर्डनसँग १–० ले पराजित भएको थियो।






















प्रतिक्रिया दिनुहोस्