करिब पाँच महिनापछि खुल्यो त्रिवि उपकुलपतिको कार्यालयको ताला

काठमाडौं, जेठ २९ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा लगाइएको ताला खोलिएको छ। करिब  पाँच महिनापछि उक्त ताला खोलिएको हो ।

आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति र नेपाल विद्यार्थी संघले ताला खोलेका हुन्।

यसअघिको सहमतिअनुसार करिब एक सय ४२ दिनपछि संघले शुक्रबार र समितिले आइतबार ताला खोलेका हुन्।

ताला खुलेसँगै सोमबारदेखि त्रिविको प्रशासनिक कार्य सुरु हुनेछ। समिति र संघले करिब पाँच महिनाअघि उपकुलपतिको कार्यालयमा ताला लगाएका थिए।

प्रतिक्रिया दिनुहोस्