प्रभु बैंक र होटल द फ्लामिङ्गो बिच आकर्षक छुट सम्बन्धी सम्झौता

काठमाडौं, जेठ २६  l प्रभु बैंक र होटल द फ्लामिङ्गोका बिच होटल ड फ्लेमिङ्गोमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट मणिग्राम शाखा कार्यालयका प्रमुख सन्तोष खत्री र होटल द फ्लामिङ्गोका तर्फबाट निर्देशक दिलीप गौचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रभु बैंक र होटल द फ्लामिङ्गो बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले होटल द फ्लामिङ्गो द्धारा सञ्चालित होटलमा फुड एण्ड वेभरेजमा १० प्रतिशत र लजिङ्ग सुविधामा १५ प्रतिशत छुट प्राप्त गर्ने भएको छ ।

उक्त सम्झौता अन्तर्गत होटल द फ्लामिङ्गोमा सुविधा लिन प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल द फ्लामिङ्गो प्रा.लि का सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्