कामना सेवा विकास बैंकद्वारा १३ औँ शाखारहित बैंकिङ्ग सञ्चालनमा
काठमाडौँ , जेठ २६ । कामना सेवा विकास बैंकले देशका विभिन्न स्थानमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप नयाँ स्थानमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गरेको छ ।
बैंकले सेवा विस्तार गर्ने क्रममा मिति २०७९ साल जेठ २५ गते बुधबारबाट झापा जिल्लाको कमल गाउँपालिका–७ गेउरियामा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
कमल गाउँपालिका ७ गेउरिया सन्तोष राईलाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ । वडा नं। ७ का अध्यक्ष पृथ्वीपती राईले उक्त शाखारहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेका छन् ।
कार्यक्रममा कामना सेवा विकास बैंक प्रदेश नं। १ का प्रमुख खिमलाल भुसाल, गेउरिया बजार समितीका अध्यक्ष नारायणप्रसाद निरौलालगायत बैंकका अन्य कर्मचारी, व्यावसायिक प्रतिनिधि तथा स्थानीय महानुभावको उपस्थिती रहेको थियो ।
शाखारहित बैंकिङ्गमार्फत खाता खोल्ने, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिने जनाएको छ ।
यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुँच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ्ग अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्