कुमारी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

काठमाडौं, जेठ २६ । कुमारी बैंक लिमिटेड र पोखरामा रहेको अन्नपूर्ण केबलकारबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुले सो संस्थाबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा पीओएसबाट भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौतापत्रमा कुमारी बैंकका गण्डकी प्रदेशका प्रमुख नवीन राज पौडेलले तथा अन्नपूर्ण केबलकारका तर्फबाट महाप्रबन्धक दिनेश पौडेलले हस्ताक्षर गरे।

प्रतिक्रिया दिनुहोस्