स्विट्जरल्यान्डले नेपाललाई ८६ करोड सहयोग दिने , भयो सम्झौता
काठमाडौं, जेठ २५ । स्विट्जरल्यान्डले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ सहयोग दिने भएको छ।
स्विस राजदूतावासमार्फत हुने गरी अर्थ मन्त्रालय र स्विस सरकारबीच वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई उपलब्ध गराउने गरी परियोजना कार्यान्वयन गर्न उक्त सम्झौतामा हस्ताक्षर भएको हो।
यो परियोजनाको उद्देश्य विदेशबाट फर्केकाहरुलाई नेपालमै समाज, संस्कृति, आर्थिक र राजनीतिक रुपमा सक्रिय सहभागी गराउनु रहेको छ। यसअनुसार विदेशमा सिकेको सीप, पुँजी र अनुभवको पुनः उपयोगलाई बलियो बनाइने जनाइएको छ।
यो परियोजना प्रदेश १ र मधेशका २० स्थानीय तहमा कार्यान्वयन हुनेछ। यही वर्ष जुलाईदेखि सुरु हुने परियोजना चार वर्षको रहेको छ।
प्रतिक्रिया दिनुहोस्