काठमाडौंका ६ क्यासिनोमा प्रहरीको छापा, ८ नेपाली पक्राउ

काठमाडौं, जेठ २४ । प्रहरीले काठमाडौंका छ क्यासिनोमा छापा मारेको छ। सो क्रममा आठ जना नेपाली पक्राउ
पन परेका छन्।

क्यासिनोमा नेपालीलाई जुवा खेल्न निषेध छ। काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले गएराति नक्सालस्थित मेरियट होटलको क्यासिनोबाट ३ जनालाई पक्राउ गरेको हो।

प्रहरीले मेरियटको सहित दरबारमार्गको थाई कम्प्लेक्ससहितका ६ क्यासिनोमा छापा मारेको एसएसपी वसन्त कुँवरले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्