भित्रियो यस वर्षको मनसुन, सुरु भयो बर्खा

काठमाडौं, जेठ २२ । यस वर्षको मनसुन आइतबार नेपाल भित्रिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो साढे २ बजे जारी गरेको विशेष मौसम बुलेटिन १ अनुसार यसपटक नेपालमा सरदर मितिभन्दा अलि चाँडो मनसुन भित्रिएको हो।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। तर हाल यस वर्षको मनसुन प्रणाली आज जुन ५ (जेठ २२) कै दिन नेपालको प्रदेश १ बाट भित्रिएको हो।

यस वर्षको मनसुन सरदरमिति भन्दा अगाडि नै नेपालको पूर्वी भूभागमा प्रवेश गरेको महाशाखाले जनाएको छ। नेपालको अन्य भूभागमा भने केही दिन पछि मनसुन प्रवेश हुने अनुमान गरिएको छ।

यसै सन्दर्भमा यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गर्दै जानेछ। तसर्थ सबैलाई अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन अनुरोध छ।

मनसुन भित्रिनु भनेको वर्षा याम सुरु हुनु हो। अब वर्षाको मात्रा बढ्दै जानेछ।

 

प्रतिक्रिया दिनुहोस्