सिटिजन्स बैंक र फोकसवानबीच सम्झौता

काठमाडौं , जेठ २२ । सिटिजन्स बैंक इन्टरनेसनलले भुक्तानी सेवा प्रदायक, फोकसवान प्रालिसँग कार्डमा आधारित स्क्यान टू पे र क्यूआर माध्यमवाट भुक्तानी गर्ने सम्झौतामा गरेको छ ।

उक्त सम्झौतासँगै बैंकका कार्डवाहकहरूले फोकसवानद्वारा सञ्चालित मोको डिजिटल वालेटमा बैंकका डेबिट÷क्रेडिट कार्डहरू लिंक गरी मोबाइल टपअप, इन्टरनेट, विद्युत्, खानेपानीको बिल भुक्तानी, हवाईजहाजको टिकट भुक्तानी लगायतका सेवाहरू प्रयोग गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरूले मोको वालेटमार्फत एनसीएचएलको नेपाल पे अन्तर्गतका क्यूआर माध्यमवाट भुक्तानीसमेत गर्न सक्नेछन् ।
विभिन्न बैंकहरूद्वारा प्रवद्र्धित नेपाल पेमेन्ट सोलुसन ( नेप्स)( तथा फोकसवानको सहकार्यमा प्रारम्भ गरिएको यस सेवाबाट बैंकको डिजिटल बैंकिङ सेवाको क्षेत्रमा नौलो आयाम थपिएको विश्वास लिएको बंैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्