कोरोना अपडेटः थप १६ जनामा संक्रमण पुष्टि

काठमाडौँ, जेठ २१ । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ९ सय ५७ पिसिआर परीक्षणका क्रममा ८ जना र १ हजार २ सय २७ एन्टीजेन परीक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय २८ जना निको भएका छन् ।

हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्