एनसीसी बैंक घोटाला काण्डमा नागरिक लगानी कोषका सहायक म्यानेजर समातिए
काठमाडौं । एनसीसी बैंकमा मर्जर भएको एपेक्स बैंकको करिब दुई अर्ब रुपैयाँ घोटाला काण्डमा नागरिक लगानी कोषका सहायक म्यानेजर छविरमण अधिकारी पक्राउ परेका छन् । अधिकारी तत्कालिन एपेक्स बैंकको सञ्चालक थिए ।
अनुसन्धानको सिलसिलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अधिकारीलाई पक्राउ गरेको हो ।
एपेक्स बैंक एनसीसी बैंकसंग मर्ज भएपछि अधिकारी नागरिक लगानी कोषमा काम गर्न थालेका थिए ।
यस अघि पक्राउ परेका १३ जनालाई जिल्ला अदालत, काठमाडौंबाट बैंकिङ कसुरमा म्याद थप गरेर अनुसन्धान थालिएको सीआईबीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्