नेपाली कांग्रेस धादिङ्गका सभापति धमलालाई पितृशोक

काठमाडौं । नेपाली कांग्रेस धादिङ्गका सभापति तथा ट्रेकिंङ्ग एसोसिएसन अफ नेपालका पुर्व अध्यक्ष रमेश धमलालाई पृतिशोक परेको छ ।
उहाँका पिता सूर्य प्रसाद धमलाको शनिबार दिउँसो आफ्नै निवास काठमाडौंको बनस्थलिमा ६९ वर्षको उमेरमा निधन भएको हो । स्वर्गिय धमलाको हिजै हिन्दु धार्मिक संस्कार अनुसार पशुपति आर्यघाटमा दाहासंस्कार गरिएको छ ।

आर्यघाटमा अन्तिम श्रदाञ्जली अर्पणका लागि कांग्रेसका नेता तथा कार्यकर्ता र आफ्न्तहरुको उपस्थित रहेको थियो ।
उहाँ विगत ३ वर्ष देखि मष्तिस्कघात का कारण थला पर्नु भएको थियो ।

स्वर्गिय धमलाका धर्मपत्नि खेला देवि धमला सहित ३ छोरा ५ छोरी रहेका छन् ।
जस मध्य जेठा छोरा रमेश धमला धादिङ्गका कांग्रेस सभापति एवम पर्यटन व्यवसायी समेत हुन् । माईला छोरा सानु रमेश धमला र कान्छा छोरा राकेश धमला दुबै पर्यटन व्यवसायी हुन ।

छोरीहरु स्यानी पुडासैनी (धमला), थकुमरी ढुङ्गाना (धमला), इन्दिरा पन्त (धमला) सुनिता भट्ट (धमला) र सरिता भट्ट (धमला) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्