घुससहित प्रधानअध्यापक र अध्यक्ष रंगेहात पक्राउ

काठमाडौं, जेठ १९ । घुस सहित प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन्।महोत्तरीबाट ५० हजार रुपैयाँ घुस सहित उनीहरु पक्राउ परेका हुन् ।

महोत्तरीको एकडारा गाउँपालिका १ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवानलाई घुससहित पक्राउ गरिएको हो ।

विद्यालयमा भवन निर्माण प्रयोजनको भुक्तानीको लागि सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइरहेको बखत दुवैजनालाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ।

बिहीबार अपराह्न ५ बजे उनीहरुलाई अख्तियारले पक्रेको हो। अख्तियारले घटनास्थलमा मुचुल्का लगायतको काम गरिरहेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल र बर्दिबासको संयुक्त टोलीले दुवै जनालाई जलेश्वर नगरपालिका २ स्थित मामाज किचेन होटेलबाट समातेको हो ।

 

प्रतिक्रिया दिनुहोस्