नेपाल लाइफले घटाउने भयो संस्थापक सेयर, लाभांश पारित गर्न कहाँ र कहिले बोलायो साधारण सभा ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले हाल कायम रहेको संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामीत्वको संरचनालाई परिर्वतन गरि संस्थापक शेयरधनीको दश प्रतिशत सेयर साधारण सेयरमा परिणत गर्ने भएको छ ।
हाल कम्पनीमा संस्थापक ७० प्रतिशत तथा साधारण ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । यसलाई परिर्वतन गरेर कम्पनीले संस्थापक ६० तथा साधारणको सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम गर्ने प्रस्ताव साधारण सभामा लगिने भएको छ ।
जसका लागि कम्पनीले विरगंज पर्सा स्थित होटल भिष्वामा चैत्र २८ गते बुधबार विहान साढे ९ बजे अठारौं बार्षिक साधारण सभा बोलाएको छ ।
उक्त साधारण सभाले कम्पनीले आफ्ना सेयरधनीलार्इ वितरणका लागि प्रस्ताव गरेको ७०.५३ लाभांश पनि पारित गर्नेछ । कम्पनीले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साधारणसभा प्रयोजनका लागि चैत्र १४ गतेदेखि कम्पनीको शेयरधनी दर्ता पुस्तिका बन्द रहने छ । जस अनुसार कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र साधारण सभामा भाग लिन चैत्र १३ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ ।
बोनसपछि ईन्स्योरेन्सको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।
प्रतिक्रिया दिनुहोस्