सिटिजन्स बैंकको रेमिटेन्स सेवा अब मोबाइल बैंकिङ्ग एपमा !
काठमाडौं, जेठ १८ । डिजिटल बैंकिङ्गलाई सधैं प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना आदरणीय ग्राहक महानुभावहरुलाई डिजिटल माध्यमको प्रयोग गरी विभिन्न सेवा सुबिधा प्रदान गर्ने क्रममा सिटिजन्स मोबाइल बैंकिङ्ग एपबाट रेमिटेन्स सेवाको सुरुवात गरेको छ ।
अब बैंकका ग्राहक महानुभावहरुले नेपाल भरि आन्तरिक बिप्रेषण पठाउन तथा प्राप्त गर्न साथै विदेशबाट पठाएको पैसा सिटिजन्स मोबाइल बैंकिङ्ग एप प्रयोग गरी देशको जुन सुकै स्थानमा सुरक्षित एंव सुलभ ढंग बाट प्राप्त गर्न सक्नु हुनेछ ।
यस सेवा प्रयोग गरी ग्राहक महानुभावहरुले बैंक खातामा सोझै रकम जम्मा गर्न वा बैंकको १७४ वटा शाखा तथा १२,००० भन्दा बढि एजेन्ट÷सब– एजेन्ट बाट नगदै प्राप्तगर्न मिल्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।
। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।















प्रतिक्रिया दिनुहोस्