सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजङ्ग राय माझी नियुक्त
काठमाडौं, जेठ १८ । सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिन जंग रायमाझी नियुक्त भएका छन्।
हाल बैंकको प्रमुख कर्जा अधिकृतका रूपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले यही जेठ १८ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।
नेपाल बंगलादेश बैंकबाट बैंकिंग सुरू गरेका रायमाझीले नेपाल राष्ट्र बैंक लगायत विभिन्न बैंक (एनसीसी. बैंक, मेगा बैंक र प्रभू बैंक)मा गरी कुल २१ बर्षको बैंकिङ अनुभव बटुलेका छन्।
विगत साढे चार वर्षदेखि सिभिल बैंकको प्रमुख कर्जा अधिकृत तथा प्रमुख संचालन अधिकृतको समेत भूमिका निर्वाह गरेकाले उनले नायब प्रमुख कार्यकारी अधिकृतको भूमिका समेत सफलतापूर्वक निर्वाह गर्ने बैंकले विश्वास राखेको छ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेलले वर्तमान प्रमुख कर्जा अधिकृत सचिन जंग रायमाझीले बैंकमा पुर्याएको योगदानको उच्च कदर गर्दै बैंकको सञ्चालक समितिले उनलाई नायब प्रमुख कार्यकारी अधिकृतको कार्यभार सुम्पिएकोमा खुशी व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्