अब किसानलाई पनि पेन्सन, छुट्याइयो एक अर्ब रुपैयाँ
काठमाडौं, जेठ १५ । सरकारले किसानको पेन्सनका लागि बजेट छुट्याएको छ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वाचनका क्रममा १ अर्ब रुपैयाँ छुट्याइएको बताएका छन्।
उनले यो रकममा हरेक वर्ष १० प्रतिशत थप गर्दै जाने पनि जानकारी दिएका छन्।
सरकारले पहिलो पटक किसान पेन्सनका लागि बजेट विनियोजन गरेको हो।
किसान हित कोषमा किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम थप दिने पनि शर्माले बताएका छन्।
मल खरिदमा अनुदानका लागि १५ अर्ब बजेट
सरकारले मल खरिदमा अनुदानका लागि १५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आइतबार संसद्मा आर्थिक वर्ष २०७९/८० को आय र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आउँदो आर्थिक वर्षको सुरुवातबाट नै मल खरिदका लागि उक्त रकम विनियोजन गरिएको बताए ।






















प्रतिक्रिया दिनुहोस्