५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम गरिने, किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ
काठमाडौं जेठ १५ । सरकारले ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम ल्याउने भएको छ ।
नयाँ आर्थिक वर्ष २०७९/८० को बजेट भाषणमार्फत अर्थमन्त्री जनार्दन शर्माले देशभरका ५१० स्थानमा कृषि गर्भाधान कार्यक्रम लागु गर्ने बताएका हुन् ।
त्यसमा नश्ल सुधार गरेर पशुपन्क्षीको व्यवसायीकतालाई बढाउन सहयोग गर्ने उनको भनाई छ ।
किसान हित कोष सञ्चालन गर्न एक अर्ब रुपैयाँ
सरकारले किसान हित कोष सञ्चालनमा ल्याउने भएको छ । किसानको आत्म सम्मान र गौरव वृद्धि गर्न कोष सञ्चालनमा ल्याउन लागिएको अर्थमन्त्री जर्नादन शर्माले बताएका छन् ।
‘किसानको आत्मसम्मान र गौरव वृद्धि गर्न किसानसँग सरकार कार्यक्रम अन्तर्गत योगदानमा आधारित किसान पेन्सन योजना सुरुवात गर्न किसान हित कोषको सुरुवात गरिने छ,’ आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले भने ।
कोषमा किसानले प्रत्येक महिना जम्मा गर्ने रकमको दश प्रतिशत रकम सरकारले जम्मा गरिदिने समेत उनले जनाए । कोष सञ्चालनको लागि विज पुजी एक अर्ब रुपैयाँ छु्ट्टयाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्