कैलालीमा डुबेर दुई बालकको मृत्यु

काठमाडौं, जेठ १५ । कैलालीको धनगढीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

आइतबार मोहना नदीको चटकपुर–राजघाट जोड्ने पुलमुनि नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।

धनगढी उपहानगरपालिका–३ का साढे नौ वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्