ल्यायो सनराइज क्यापिटलले निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

काठमाडौं, १५ जेष्ठ । सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
क्यापिटलले “नेपाल सरकारको एक नेपाली एक डिम्याट खाता” अभियानलाई सार्थक बनाउने उद्वेश्यसहित जेष्ठ १६ गतेदेखि असार मसान्तसम्म सम्पूर्ण ग्राहकहरुलाई निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

क्यापिटलको यस सुविधा तथा अभियानबाट विशेषत पूंजी बजार बाहिर रहेका गृहणी, विद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई विशेष फाईदा पुग्नुका साथै सर्वसाधारण व्यक्तिहरुमा डिम्याट खाताको पुहँचमा वृद्धि हुने कम्पनीले विश्वास लिएको छ । सर्वसाधारणलाई लक्षित गरि ल्याइएको यस्ता कार्यक्रमले सर्वसाधारणहरुलाई पूँजी बजारमा प्रवेशका लागि अवसरका साथै समग्र बजारमा लगानी वृद्धिलाई समेत सहयोग पुग्ने छ ।

यस सुविधाका लागि सनराइज क्यापिटल लिमिटेडको कार्यालय, कमलपोखरी, काठमाडौं, तथा सन्राइज बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु र सन्राइज क्यापिटल लिमिटेडको वेवसाईट धधध।कगलचष्कभअबउष्तब।िअयm।लउ बाट पनि पाप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्