मंकीपक्स विश्वका २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्ल्यूएचओको आग्रह

काठमाडौँ , जेठ १४ ।  विश्वका २० देशमा मंकीपक्सको संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मंकीपक्सबाट संक्रमितहरूको संख्या बढ्दै गइरहेको छ । अधिकारीहरूले विश्वभरि अहिलेसम्म २०० जनामा मंकीपक्सको संक्रमण पुष्टि भएको जनाएका छन् ।

“हामीलाई प्राप्त विवरणानुसार विश्वभरि अहिलेसम्म झन्डै २०० जनामा संक्रमण पुष्टि भएको छ भने अरू १०० भन्दा बढीमा शंकास्पद लक्षण देखिएको छ,” डब्ल्यूएचओका अधिकारीको भनाइ छ ।

मंकीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

यस भाइरसका कारण मानिसको मृत्यु नै हुने नगरेपछि संक्रमण छिटोछिटो धेरैजनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ ।

डब्ल्यूएचओका उच्च अधिकारीहरूले संक्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिने गरी गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन् । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्