तरुण दलले सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने
काठमाडौं । नेपाली कांग्रेसको भातृ सस्था तरुण दलले देशका सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।
तरुण दलले नयाँ राजनैतिक परिस्थिति र भावी चुनौतीवारेमा सवै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको अध्यक्ष जितजंग वस्नेतले जानकारी दिए।
चैतको पहिलो सातावाट एक नम्वर प्रदेशको झापावाट सुरु हुने प्रशिक्षण कार्यक्रम वैसाख १६ गते डडेल्धुरामा पुगेर समापन हुने तरुण दलले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्