सरकारको नीति तथा कार्यक्रम दिशाहीन : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौं, जेठ १४ । पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको आरोप लगाएका छन्। नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै उनले सरकारले ल्याएको बजेटलाई इतिहासकै कमजोर रहेको बताए।

मुलुकको समस्या नचिनेको, समाधान हुन नसक्ने, खोक्रो र सारहीन नीति कार्यक्रम वर्तमान सरकारले ल्याएको उनको आरोप छ। नीति तथा कार्यक्रममा कुन विषयलाई प्राथमिकता दिने भन्ने कुरा नै नभएको उनले बताए।

आगामी वर्ष कुन विकास आयोजनालाई प्राथमिकता दिने स्पष्ट छैन। नीति तथा कार्यक्रममा अलमल मात्रै छ,उनले भने।

उनले वर्तमान सरकार चुनावी भएको कारणले दीर्घकालीन रुपमा आर्थिक दायित्व थप्ने र भोली आउने सरकारलाई बोझ थप्ने कार्यक्रम ल्याउन नमिल्ने बताए। नीति तथा कार्यक्रम आर्थिक संकट उन्मुख बेखबर रहेको बताएका छन्।

बैंक तथा वित्तिय संस्था निरंकुश तरिकाले नियन्त्रण गरिएको पौडेलको आरोप छ। उनले अर्थतन्त्रमा कुनै समस्या छैन भनेर भ्रम छरिएको बताए।

प्रतिक्रिया दिनुहोस्