कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंक बीच सम्झौता

काठमाडौं , जेठ १३ ।   कृषि क्षेत्र विकास कार्यक्रमको मूल्य शृङ्खलामा आवद्ध कृषकहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न कृषि क्षेत्र विकास कार्यक्रम र प्रभु बैंक बीच सम्झौता भएको छ ।

उक्त कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको हो । कृषि उत्पादक, कृषि व्यवसायी र साना किसानको माग अनुसारको वित्तीय सेवाको लागि उपयुक्त वित्तीय सेवा प्रदायकहरु बैंक तथा वित्तीय संस्था र सहकारीसंग जोड्न सहजीकरण गर्दछ।

कर्णाली प्रदेशका पहाडी तथा उच्च पहाडी क्षेत्रमा बसोवास गरेका जनताहरुको गरिवी तथा पोषण असुरक्षा न्यूनिकरण गरी नेपालको दिगो विकास लक्ष्य गरिवी विहीन र शून्य भोकमरी प्राप्तिमा योगदान पुर्याउनु यस कार्यक्रमको लक्ष्य रहेको छ । यस कार्यक्रमका विस्तारित एवं विविधिकृत (मावेशी र दिगो कृषि मूल्य शृङ्खला),कृयाशील (बजारमुखी सार्वजनिक तथा सामुदायिक)पूर्वाधार,मूल्य शृङ्खला विकासका लागि सुदृढ ग्रामीण वित्तीय सेवा,मूल्य शृङ्खला विकासका र नविनताको लागि दिगो कृषि सेवा सहयोग सह-सम्भाग रहेका छन् ।

हस्ताक्षर कार्यक्रमको मुख्य उद्देश्य कृषि मूल्य शृङ्खलामा आवद्ध कृषकहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न सहयोग गर्नु रहेको छ। हस्ताक्षर कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष तथा कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले शुभ कार्यको लागि धन्यवादका साथै सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि शुभकामना व्यक्त गरेका छन् ।

त्यस्तै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सम्झौता अनुरुप लक्षित वर्गहरुलाई कर्जा सेवा संगसंगै वित्तीय साक्षरता समेत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । यसैगरी, कृषि क्षेत्र विकास कार्यक्रमका संयोजक विनोद कुमार भट्टराईले कर्णाली प्रदेशमा कृषि क्षेत्रको विकास, सो क्षेत्रमा लगानीको अभाव हुन नदिन र किसानको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न प्रभु बैंकले सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

कृषि क्षेत्र विकास कार्यक्रम कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषको आर्थिक सहयोगमा नेपाल सरकारको संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा सञ्चालित कार्यक्रम हो ।

प्रतिक्रिया दिनुहोस्