स्थानीय तह निर्वाचन: काठमाडौंको बहुमत सिट कांग्रेसलाई, मत एमालेको धेरै

काठमाडौँ , जेठ १३ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भए पनि नगर सभामा बहुमत सिट भने नेपाली कांग्रेसले जितेको छ ।

३२ वटै वडामा पाएको मत हेर्दा सबैभन्दा धेरै मत भने नेकपा एमालेको छ । मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले पाँचदलीय गठबन्धनकी उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ र नेकपा एमालेका उम्मेदवार पूर्वमेयर केशव स्थापितलाई २३ हजार ६५० मतले पराजित गरे । तर, वडामा कांग्रेसले बहुमत सिट जितेको हो ।

अघिल्लो पटक यहाँ मेयरसहित बहुमत सिट नेकपा एमालेले जितेको थियो । तर, यसपटक एमालेले मेयरसहित बहुमत गुमाएको छ भने कांग्रेसले पाँच दलीय गठबन्धन गरे पनि मेयरमा जित हासिल गर्न सकेन । काठमाडौंमा ३२ वटा वडा छन् । तीमध्ये कांग्रेसले १९ वडामा जितेको छ भने नेकपा एमालेले १२ र नेकपा एकीकृत समाजवादीले एउटा वडामा जितेको छ ।

बहुमत वडामा जिते पनि कुल मत भने एमालेको धेरै छ । ३२ वटै वडामा सम्बन्धित दलका वडाध्यक्ष पदका उम्मेदवारले पाएको मत हेर्दा काठमाडौं महानगरपालिकामा नेपाली कांग्रेसले ६२ हजार १३५ मत पाएको छ भने नेकपा एमालेले ६२ हजार ७७२ मत पाएको छ ।

सबै वडाध्यक्षले प्राप्त गरेको मतको योगफलमा एमालेले छ सय मत धेरै पाएको छ । महानगरपालिकामा एमाले विभाजनको कारण कांग्रेसलाई नगरसभामा बहुमत पुर्‍याउन सहयोग भएको छ। नेकपा एसको कारण कांग्रेसलाई ६ वडाध्यक्ष जित्न प्रत्यक्ष रुपमा रुपमा फाइदा पुगेको छ।

महानगरमा तेस्रो ठूलो दलको रुपमा नेकपा एकीकृत समाजवादी देखिएको छ । समाजवादीले १३ हजार ९४३ पाउँदा राप्रपाले ११ हजार ४६७, नेकपा माओवादी केन्द्रले २ हजार २८१ र जनता समाजवादी पार्टीले ६४५ मत पाएका छन् । मेयरमा निर्वाचित स्वतन्त्र उम्मेदवार साहले ६१ हजार ७६७ मत पाएका छन् ।

निकटतम प्रत्यासी रहेकी सत्ता गठबन्धनकी उम्मेदवार सिर्जना श्रेष्ठले ३८ हजार ३४१ मत पाउँदा नेकपा एमालेका केशव स्थापितले २८ हजार ११७ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ५ हजार ७७० मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । उनले ६८ हजार ६१२ मत पाइन् भने निकटतम प्रत्यासी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाए । स्वतन्त्र उम्मेदवार विद्या श्रेष्ठले १३ हजार ६९५ मत ल्याइन् ।

काठमाडौंमा कांग्रेसबाट वडा नं। ६ मा भुवन लामा, ७ मा बिमलकुमार हाडा, ८ मा आशामान संगत, ९ मा रामजी भण्डारी, १० मा रामकुमार केसी, ११ मा हिरालाल तण्डुकार र १२ मा बालकृष्ण महर्जन निर्वाचित भएका छन् । त्यस्तै, १४ मा सुमन श्रेष्ठ, १६ मा मुकुन्द रिजाल, १७ मा नवीन मानन्धर, १९ मा राजेशकुमार श्रेष्ठ, २० मा राजेन्द्र मानन्धर, २४ मा विनोदकुमार राजभण्डारी, २५ मा राजेश डंगोल, २६ मा ख्यामकाजी तिवारी, २७ मा योगेशकुमार खड्गी, २८ मा भाइराम

खड्गी, २९ मा कुश ढकाल र ३० मा दलबहादुर कार्की निर्वाचित भएका छन् ।
त्यस्तै, एमालेबाट वडा नं। १ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा प्रेम थापा, ४ मा दिनेश महर्जन, ५ मा विरेन्द्र प्रजापति, १३ मा ध्रुबनारायण मानन्धर, १८ मा न्हुछेकाजी महर्जन, २१ मा उदय चुडामणि बज्राचार्य, २२ मा चिनीकाजी महर्जन, २३ मा मचाराजा महर्जन, ३१ मा सरोज ढकाल र ३२ मा नवराज पराजुली निर्वाचित भएका छन् । वडा नं। १५ मा भने नेकपा एकीकृत समाजवादीबाट इश्वरमान डंगोलले चुनाव जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्