उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित घोषणा आज ,राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मतदान हुने

काठमाडौं । उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्विरोध निर्वाचित भएको घोषणा आज हुँदैछ ।

उपराष्ट्रपतिका लागि हिजो उहाँको मात्रै उम्मेदवारी परेपछि उहाँ दोस्रो कार्यकालका लागि निर्विरोध उपराष्ट्रपति बन्ने निश्चित भएको हो । चुनावी प्रक्रिया पूरा गरी उहाँलाई निर्वाचित भएको घोषणा गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

उपराष्ट्रपति पुनले पहिलो कार्यकालमा आफूले कुनै विवादास्पद काम नगरेको भन्दै दास्रो कार्यकालमा पनि विवादमा आउने काम नगर्ने प्रतिवद्धता जनाउनुभयो । पुनलाई नेकपा एमाले र नेकपा माओवादीका नेताहरुले प्रस्ताव र समर्थन गरेका छन् ।

राष्ट्रियसभाको उपाध्यक्षका लागि आज मतदान हुने

राष्ट्रियसभाको उपाध्यक्ष  चयनका लागि आज मतदान हुँदैछ

। संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालका अनुसार उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका शशिकला दाहाल र नेपाली काँग्रेसका वृन्दादेवी आले राना उम्मेद्वार हुनुहुन्छ । चुनावमा अध्यक्ष बाहेक ५८ जनाले मतदान गर्नेछन् ।

दाहाललाई बाम गठबन्धनको समर्थन भएकाले उहाँ राष्ट्रियसभाको अध्यक्ष निर्वाचित हुने निश्चित जस्तै छ

प्रतिक्रिया दिनुहोस्