निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको फैसला

काठमाडौं, जेठ १२ । सर्वोच्च अदालतले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निणर्यहरु बदर गरिदिएको छ ।

न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूणर् इजलासले बिहीबार सो फैसला गरेको हो । अदालतले बैंकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल चाहिने भए अन्यत्र खोज्न आदेश समेत दिएको छ ।

अदालतको यो फैसलासँगै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना प्रभावित भएको छ । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले दायर गरेको रिटमा अदालतले आज अन्तिम फैसला गरेको हो ।

प्रतिक्रिया दिनुहोस्