प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई

काठमाडौं , जेठ १२ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् ।

बीमा समितिले अनुमति दिए लगत्तै कम्पनीको संचालक समितिले बुधबारबाटै लागू हुने गरी प्रसाईलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

कम्पनीका अध्यक्ष सुभाष अमात्यबाट प्रसाईंले सपथ ग्रहण गरेपछि उनले बुधबारबाटै पदभार ग्रहण समेत गरेका छन् । प्रसाईको अग्रतामा संस्थाले नयाँ उचाई लिने विश्वास रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्