राप्ती हाइड्रो र आदर्श लघुवित्तले पाए आइपीओ बिक्री गर्न धितोपत्र बोर्डको अनुमति

काठमाडौं , जेठ ११ । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन र आदर्श लघुवित्तले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।

जसमा राप्ती हाइड्रोले कम्पनीले आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई गरी कुल २९ लाख ४१ हजार ४१० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ । यो आइपीओमा सिद्धार्थ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

यस्तै, आदर्श लघुवित्त वित्तीय संस्थाले पनि आइपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आइपीओ ल्याउन अनुमति मागेको हो । यसमा बिक्री प्रबन्धकको काम बीओके क्याटिलले गर्नेछ । हाल कम्पनीको कन्द्रिय कार्यालय काभ्रेको बनेपामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्