छात्रामाथि यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

काठमाडौं, जेठ १० । छात्रामाथि यौनदुर्व्यहारको आरोपमा चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ परेका छन्।

छात्रामाथि यौनदुर्व्यवहार गरेको आरोपमा कलेजका शिक्षक जनार्दन अधिकारीलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रवत्ता दिनेश मैनालीले अन्नपूर्णलाई बताए।

कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक अधिकारीमाथि छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेजका विद्यार्थीहरु आन्दोलित बनेका छन् ।

उनीहरु मंगलबार बिहान कलेज परिसरमा प्रदर्शनपछि महानगरीय प्रहरी वृत्त गौशालाअगाडि नाराबाजीसहित प्रदर्शनमा उत्रिएका थिए ।

त्यसपछि प्रहरीले अभिभावक र शिक्षकलाई छलफलका लागि प्रहरी वृत्त गौशालामा बोलाएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त गौशालाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्