आज देशका केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं जेठ १० – आज मुलुकका केही प्रदेशमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही र अन्य प्रदेशका पहाडी भूभागका मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा र बाँकी भूभागका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार पनि प्रदेश १ र बागमतीका केही र अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको आकलन गरिएको छ।

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

प्रतिक्रिया दिनुहोस्