अमेरिकी मन्त्रीले भेटिन् गृहमन्त्रीलाई, यस्तो भयो छलफल

काठमाडौं, जेठ ८ । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले प्रधानमन्त्री परराष्ट्रमन्त्री डा। नारायण खड्का र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेकी छन्।

परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा नेपाल–अमेरिका मित्रवत् सम्बन्ध तथा द्विपक्षीय तथा बहुपक्षीय मञ्चमा सहाकार्यबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री खाँणसँग गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ।

भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा एवम् दुई देशबीचको विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएको सचिवालयले उल्लेख गरेको छ।

गृहमन्त्री खाणले भूकम्पछिको पुनःनिर्माण र कोभिडविरुद्धको नेपाललगायत विश्वव्यापी लडाइँमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए।

भेटमा गृहमन्त्री खाँणले नेपाल आफ्नो छिमेकी देश भारत र चीनको सुरक्षा संवेदनशीलताप्रति प्रतिवद्ध रहेको उपमन्त्री जियासँग बताएको सचिवालयले उल्लेख गरेको छ।

त्यसैगरी विश्वमा स्वतन्त्रता, मानवअधिकार र लोकतन्त्रको योगदानको लागि अमेरिकाले पु¥याएको योगदानको प्रशंसासमेत गरेका थिए।

मन्त्री खाणले मानव अधिकार पर्वद्धनमा नेपाललाई अमेरिकाको साथ रहेको उल्लेख गर्दै नेपालले सशस्त्र द्वन्द्वको अन्त्य गरी शान्तिपूर्ण राजनीतिमा सकारात्मक रुपमा अघि बढेको र नेपालको द्वन्द्व समाधानको घरेलु मोडल विश्व समुदायको लागि उदाहरण बनेको बताएका थिए।

त्यस्तै नेपालको तर्फबाट भुटानी शरणार्थीको तेस्रो देश पुनर्वासको लागि अमेरिकाले गरेको सहयोगलाई धन्यवाद व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ।

त्यस्तै सन् १९८९ भन्दा अघि नेपाल आएका तिब्बति शरणार्थीलाई मात्र नेपालले शरणार्थीको मान्यता दिएको खाँणले बताए।

तर नेपालमा शरणार्थीले स्वास्थ्य, शिक्षा, कोभिडविरुद्धको खोपमा समान पहुँच प्राप्त गरेको गृहमन्त्री खाणले उपमन्त्री जियालाई जानकारी गराए।

त्यसका लागि उपमन्त्री जियाले धन्यवाद व्यक्त गरेको मन्त्रीको सचिवालयले जनाएको छ।त्यसअवसरमा गृहमन्त्री खाणले उपमन्त्री जियालाई लुम्बिनी भ्रमणको लागि अनुरोध पनि गरे।

उपमन्त्री जियाले आफू लुम्बिनी भ्रमणका लागि उत्सुक रहेको र अर्को पटकको भ्रमणमा लुम्बिनी भ्रमणको कार्यसूचीमा राख्ने बताएकी थिइन्।

अमेरिकी रहयोग नियोग ९एमसीसी० संसदबाट अनुमोदन गरी नेपालको विकास र गरिबी निवारणतर्फ सरकार अग्रसर भएको विषयलाई अमेरिकी सरकारको तर्फबाट उपमन्त्री जियाले धन्यवाद पनि ब्यक्त गरेकी थिइन्।

अमेरिकाले नेपाललाई दिने आर्थिक सहयोगमा बढोत्तरी गरेको जानकारी पनि उनले दिएकी थिइन्।

भेटमा नेपालले धार्मिक स्वतन्त्रता तथा मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदान तथा अमेरिकी सरकारको मानव अधिकार र लोकतन्त्रप्रतिको प्रतिवद्धताको सराहना गर्दै आगामी दिनमा यस क्षेत्रमा दुई देश मिलेर अघि बढ्ने  विषयमा छलफल भएको मन्त्री खाँणको सचिवालयले जनाएको छ।

आजै उपविदेशमन्त्री जियाले प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटवार्ता गरेकी थिइन्। नेपाल–अमेरिका सम्बन्ध र द्विपक्षीय हितका बिषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्री देउवाले ट्विटमा जनाएका छन्।

उपविदेशमन्त्री जियाले ४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी छन्।उनले शनिबार अपरान्ह जावलाखेलस्थित तिब्बती शरणार्थीसँग अन्तरक्रिया गरेकी थिइन्।त्यसैगरी उनले बौद्ध पुगेर बौद्ध गुम्बाको अवलोकन तथा तिब्बती शरणार्थीसँग अन्तक्रिया गरिन्।

उपविदेशमन्त्री जिया नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीको निवासमा आयोजित कार्यक्रममा शनिबार साँझ सहभागी भइन्।

नेपाल र अमेरिकी सहयोग नियोग युएसएआडीबीच दुई साताअघि अनुदान सम्झौतामा हस्ताक्षर भएको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको युएसएआइडीले जनाएको छ।

युएसएआइडीले आगामी पाँच वर्षका लागि ६५९ मिलियन डलर नेपालको विकासमा खर्चिने बताइएको छ।जिया अमेरिकी रास्ट्रपति जो बाइडेनकी तिब्बत मामिला हेर्ने विशेष संयोजक पनि हुन्।

जिया शुक्रबार नेपाल आएकी हुन्। भारत भ्रमण सकेर उनी यहाँ आएकी हुन्।जियाले भारतको धर्मशालास्थित निवासमा पुगेर निर्वासित तिब्बती धर्म गुरु दलाई लामासँग भेट गरेकी थिइन्।

नेपाल भ्रमण सकेर उपविदेशमन्त्री जिया आइतवारै साँझ अमेरिका फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्