साताको नेप्से : ११५ अंक घटेर २२३५ अंकमा झर्‍यो

काठमाडौं , जेठ ७- यो साता नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक ११५ अंक घटेको छ । साताको ४ दिन कारोबार भएको सेयर बजार परिसूचक २३५० अंकबाट १०० अंकभन्दा धेरै घटेर २२३५ अंकमा आइपुगेको हो । यो ४.९१ प्रतिशतको गिरावट हो ।

यसैगरी, यो साता सेन्सेटिभ इण्डेक्समा समेत गिरावट आएको छ । सातामा सेन्सेटिभ इण्डेक्स ४.२४ प्रतिशत अर्थात १९.२३ अंक घटेको हो । यससँगै साताभरमा सेन्सेटिभ इण्डेक्स ४३४.७३ अंकमा आइपुगेको छ ।

नेप्से परिसूचक ११५ अंकले घटेको साता कारोबार रकम भने खुम्चिएको छ । ४ दिन कारोबार भएको नेप्सेमा ३ दिनसम्म घटेको बजारमा औसत दैनिक १ अर्ब ३० करोडको कारोबार भएको छ । यसको अर्थ यो साता नेप्सेमा ५ अर्ब २० करोड रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्