नबिल बैंक र लगानी बोर्डबीच सम्झौता

काठमाडौं, जेठ ६ । नबिल बैंकले नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवर्धनका लागि लगानी बोर्ड नेपालको कार्यालयसँग साझेदारी गरेको छ ।

यस सम्झौता अन्तर्गत नबिल बैंकले विदेशी लगानीकर्तालाई वित्तिय सल्लाहकार सेवा प्रदान गर्न, प्रत्यक्ष वैदेशिक लगानी प्रवर्धन गर्न र नेपालमा लगानीका अवसरहरू देखाउन विभिन्न प्रवर्धनात्मक कार्यक्रमहरूमा सहभागिताको लागि लगानी बोर्ड नेपालसँग सहकार्य गर्नेछ ।

नबिल बैंक पूर्वाधार विकासमा विगत ३७ बर्ष देखि नै योगदान गर्दै आईरहेको बताएको छ । यसै क्रममा पूर्वाधार विकासमा लगानी बोर्डको कार्यालयले विगत १० बर्ष देखी नै निकै सहभागिता र सकृयता देखाउँदै आएको छ जसलाई नेपाल सरकारले पनि अवसरको रुपमा प्रवर्धन गर्दै आइरहेको छ ।

सो साझेदारीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गरी नेपालको आर्थिक विकासलाई संयुक्त रूपमा प्रवर्द्धन गर्ने र पूर्वाधार परियोजनाहरू, हरित क्षेत्रका अवसरहरू, ऊर्जा क्षेत्रको प्रवर्द्धन तथा यस्तै अन्य पुर्वाधारकँ कुराहरू विकास गर्न देशमा दिगो स्रोतको खाडललाई पूरा गर्न नबिल बैंक र लगानी बोर्ड नेपालको यो सम्झौताले टेवा पुग्ने बैंकले बताएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्