उपराष्ट्रपतिमा दोस्रो कार्यकालका लागि नन्दबहादुर पुन निर्विरोध

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोस्रो कार्यकालका लागि निर्विरोध भएका छन् ।
उपराष्ट्रपतिमा उनको मात्र उम्मेदवारी गरेको हो । तर, निर्विरोध निर्वाचित भएको भोलि मात्र घोषणा हुनेछ । दावी विरोध लगायतका प्रक्रिया पुरा भएपछि मात्र निर्विरोध भएको घोषणा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यालयले जनाएको छ ।

पुनले राष्ट्रिय सार्वभौमिकता, अखण्डताका र संविधानको संरक्षण एव पालनाका लागि कटिबद्ध हुने बताए ।

अघिल्लो कार्यकालमा सबै जनता, संघसंस्था र कुटनीतिक नियोकहरुसंग सुमधुर सम्बन्ध कायम राख्न सफल भएको भन्दै उनले आगामी कार्यकालमा पनि नेपालको विकासको निमित्त असल सम्बन्ध कायम राख्ने बताए ।

पुनको प्रस्तावकमा नेकपा एमालेका नेता सुवास नेम्बाङ, भानुभक्त ढकाल, परशुराम मेघि गुरुङ्ग माओवादी नेतृ पम्फा भुुसाल, रेखा शर्मा छन् । यस्तै समर्थकमा माओवादी केन्द्रका नेताहरु देव गुरुङ्ग, ओनसरी घर्ती, जयपुरी घर्ती, राम नारायण बिडारी र राजेन्द्रप्रसाद गौतम छन् ।

उपराष्ट्रपतिमा पुनले दोहरिने इच्छा देखाएपछि माओवादी केन्द्रले उनको नाम सिफारिस गरेको हो। अघिल्लो कार्यकाल छोटो समयको भएको सोही पदमा दोहोर्‍याउन पुनले शीर्ष नेतृत्व समक्ष मनसाय व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्