चिलिमेको असोज २७ देखि सेयरधनी दर्ता पुस्तिका बन्द

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले कार्तिक २४ गते २१ औं वार्षिक साधारणसभा डाकेको छ। साधरणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत लाभांश पारित गर्ने छ ।

कम्पनीले गतबर्षको मुनाफाबाट १५ प्रतिशत बोनस तथा १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले साधारणसभाबाट पारित भएपछि ३४ करोड ४७ लाख रुपैयाँ बराबरको नगद लाभांस र ५१ करोड ७१ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज २७ देखि कार्तिक २४ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । असोज २६ गतेसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

कम्पनीको हाल ३ अर्ब ४४ करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको चिलिमेको १५ प्रतिशत बोनस वितरणपछि चुक्ता पूँजी ३ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्